कोरोना संक्रमणबाट मृत्यु भएकी महिलाको शव व्यवस्थापन गर्न गाउँपालिका अध्यक्षको गाडी प्रयोग
कोहलपुर, असार ३ : कोरोना संक्रमणबाट मृत्यु भएकी महिलाको शव व्यवस्थापनका लागि गाउँपालिकाको गाडी प्रयोग भएको छ।
बाँकेको कोहलपुुरस्थित नेपालगञ्....

कोहलपुर, असार ३ : कोरोना संक्रमणबाट मृत्यु भएकी महिलाको शव व्यवस्थापनका लागि गाउँपालिकाको गाडी प्रयोग भएको छ।
बाँकेको कोहलपुुरस्थित नेपालगञ्ज मेडिकल कलेज आइसियूमा उपचार गराइरहेकी बाँके बैजनाथपुरकी महिलाको मृत्यु भएपछि बैजनाथ गाउँपालिकाको गाडी शव ल्याउन प्रयोग गरिएको गाउँपालिका अध्यक्ष मानबहादुर रुचालले जानकारी दिए।
नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल, नेपाली सेना तथा अन्य सरोकार राख्ने निकायले समेत शव सुरक्षित रुपमा दाहसंस्कार गर्ने स्थलसम्म पुर्याउन कुनै चासो नदिएपछि आफूले चढ्ने गाडी प्रयोग गरिएको अध्यक्ष रुचालले बताए। उनले आफूले प्रयोग गर्दै आइरहेको गाडीमा शव बोकेर दाहसंस्कार गर्ने ठाउँ मानखोलासम्म पुर्याइएको बताए।
निमोनियाबाट पीडित ती महिलाको गत जेठ ३० गतेदेखि आइसियूमा राखेर उपचार गरिँदै आएकोमा यही असार १ गते मृत्यु भएको थियो। मृत्युअघि नै कोरोना परीक्षणका लागि लिइएको स्वाब परीक्षण गर्दा ती महिलाको मंगलबार रिपोर्ट पोजेटिभ आएपछि शव उठाउन अस्पताल प्रशासनले नमानेको अध्यक्ष रुचालले बताए।











-1792413548.jpeg)