कर्णाली प्रदेशमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं, असार ३ : कर्णाली प्रदेशमा गत २४ घण्टामा थप १८ जनामा कोरोना संक्रमित थपिएका छन्। सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण केन्द्र र ....

काठमाडौं, असार ३ : कर्णाली प्रदेशमा गत २४ घण्टामा थप १८ जनामा कोरोना संक्रमित थपिएका छन्। सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण केन्द्र र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा भएको परीक्षण थप १८ जनामा संक्रमण पुष्टि भएको हो।
थपिएका संक्रमितहरु कालीकोटका १४, दैलेखका २ र सुर्खेतका २ जना रहेको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ।
योसँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या ११०४ पुगेको छ।
कर्णाली प्रदेशमा हालसम्म ३ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ।
प्रकाशित मिति: १७:३० बजे, बुधबार, असार ३, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











