Kathmandu Press

कालीकोटमा थप १४ जनामा कोरोना संक्रमित

मान्मा, असार ३ : कालीकोटमा थप १४ जना कोरोना संक्रमित फेला परेका छन्। स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा १४ जनामा कोरोना संक्रमण फे....

कालीकोटमा थप १४ जनामा कोरोना संक्रमित

मान्मा, असार ३ : कालीकोटमा थप १४ जना कोरोना संक्रमित फेला परेका छन्। स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा १४ जनामा कोरोना संक्रमण फेला परेको हो।

जिल्लाको सान्नी त्रिवेणी गाउँपालिका वडा नंं २ का १९, २१, २१, २४, ३८ र  ६० वर्षीय पुरुष तथा वडा नं ३ का २३, ४२ र  ५० वर्षीय पुरुष र  १८, २२, ५१ वर्षीया महिलामा कोरोना संक्रमण फेला परेको जिल्ला स्वास्थ्य सेवा कार्यालयका सूचना अधिकारी कटकबहादुर महतले बताए।

कोराना संक्रमित आइसोलेशनमा छन्।  ‘संक्रमितको संख्या ४३ छ जसमध्ये १ जना बाजुराका छन् ’, उनले भने, ‘२५ जना निको भएर घर गइसक्नुभएको छ । हाल आइसोलेशनमा १८ भर्ना हुनुभएको छ।’

प्रकाशित मिति: १७:२४ बजे, बुधबार, असार ३, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्