प्रदेश २ मा थप ३४८ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं, असार ३ : प्रदेश २ मा पछिल्लो २४ घण्टामा ३४८ जनामा कोरानाको संक्रमण पुष्टि भएको छ।
सोमबार जनकपुरस्थित प्रादेशिक अस्पताल....

काठमाडौं, असार ३ : प्रदेश २ मा पछिल्लो २४ घण्टामा ३४८ जनामा कोरानाको संक्रमण पुष्टि भएको छ।
सोमबार जनकपुरस्थित प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ३४८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
प्रदेश २ को सबैभन्दा बढी महोत्तरीमा मात्र दुई सयजना संक्रमित देखिएका छन्। त्यसैगरी रौतहटमा एक सय ११ जना, धनुषामा २६ जना, सर्लाहीमा ६ जना बारामा ४ र सिरहमा १ जनामा संक्रमण पुष्टि भएको छ।
योसँगै प्रदेश २ मा कोरोना संक्रमितको संख्या २७४६ पुगेको छ।
प्रकाशित मिति: १६:२२ बजे, बुधबार, असार ३, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1792413548.jpeg)