Kathmandu Press

प्युठानमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, असार ३ : प्युठानमा थप १८ जनामा कोराना संक्रमण पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोशाला काठमाडौंमा गरिएको परीक्षणमा १८ जना पुरुषमा कोरो....

प्युठानमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, असार ३ : प्युठानमा थप १८ जनामा कोराना संक्रमण पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोशाला काठमाडौंमा गरिएको परीक्षणमा १८ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो। 

यससँगै प्युठानमा कोरोना संक्रमितको संख्या ७३ पुगेको छ।

भारतका विभिन्न स्थानबाट आएर स्थानीय क्वारेन्टाइनमा बसेका नौबहिनी गाउँपालिकाका ३, प्युठान नगरपालिकाका ४, माण्डवी गाउँपालिकाका ९ र स्वर्गद्वारी नगरपालिकाका २ जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय प्युठानले जनाएको छ।

प्रकाशित मिति: १६:०७ बजे, बुधबार, असार ३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्