Kathmandu Press

प्रदेश १ मा थप १४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, असार ३ : प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। झापा, मोरङ र उदयपुरका गरी १४ जना नयाँ संक्रमित थपिएको प्रद....

प्रदेश १ मा थप १४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, असार ३ : प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। झापा, मोरङ र उदयपुरका गरी १४ जना नयाँ संक्रमित थपिएको प्रदेश १ को सामाजिक विकास मन्त्रालयले जनाएको छ। 

संक्रमितहरु मोरङको रतुवामाई नगरपालिकाका ९, झापाको झापा गाउँपालिकाका १ जना र उदयपुरको त्रियुगा नगरपालिकामा ४ जना रहेका छन्। 

संक्रमितहरुको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगर, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र पूर्वाञ्चल विश्वविद्यालयको मेडिकल कलेज गोठगाउँमा उपचार भइरहेको छ।

प्रकाशित मिति: १६:०१ बजे, बुधबार, असार ३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्