Kathmandu Press

क्वारेन्टाइन र होल्डिङ सेन्टरका लागि रकम निकासा

काठमाडौं, असार ३ : संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले क्वारेन्टाइन र होल्डिङ सेन्टरका लागि स्थानीय तहलाई रकम निकासा गरेको छ। मन्त्रालयल....

क्वारेन्टाइन र होल्डिङ सेन्टरका लागि रकम निकासा

काठमाडौं, असार ३ : संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले क्वारेन्टाइन र होल्डिङ सेन्टरका लागि स्थानीय तहलाई रकम निकासा गरेको छ। मन्त्रालयले कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि स्थानीय तहले स्थापना तथा व्यवस्थापन गरी सञ्चालनमा रहेका क्वारेन्टाइन र होल्डिङ सेन्टरका लागि रकम निकास गरेको हो। 

मन्त्रालयले १७६ स्थानीय तह र स्थलमार्गबाट आउने नाका अन्तर्गतका २० वटा स्थानीय तहमा बन्ने होल्डिङ सेन्टरका लागि रकम निकासा गरिएको मन्त्रालयका प्रवक्ता वसन्त अधिकारले जानकारी दिए। उनका अनुसार क्वारेन्टाइनका लागि १७६ स्थानीय तहलाई १३ करोड २२ लाख ५६ हजार ८२५ रुपैयाँ र २० वटा होल्डिङ सेन्टरका लागि दुई करोड ७७ लाख २३ हजार रुपैयाँ निकासा गरिएको छ। 

यसरी निकासा गरिएको रकम स्थानीय तहले क्वारेन्टाइनमा बसेका व्यक्तिको बसोवास, बन्दोबस्त र खानपिनको व्यवस्था गर्न र आवश्कता अनुसार स्वास्थ्य परीक्षण गर्नका लागि खर्च गर्ने छन्। प्रवक्ता अधिकारीले कोभिड व्यवस्थापन सूचना प्रणालीमा पठाएको विवरण अनुसार १७६ स्थानीय तहलाई रकम पठाइएको बताए। भारतबाट स्थलमार्ग हुँदै २० वटा नाकाबाट नेपाल प्रवेश गरेका व्यक्तिलाई राख्न होल्डिङ सेन्टर स्थापनाका लागि उक्त रकम पठाइएको हो।

प्रकाशित मिति: १५:५७ बजे, बुधबार, असार ३, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्