Kathmandu Press

नवलपुरबाट लागुऔषधिसहित तीन पक्राउ

नवलपुर, असार ३ : प्रतिबन्धित लागुऔषध बिक्री वितरण गर्दै गरेको अवस्थामा गैँडाकोट प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। अवैध लागुऔषध बेचबिखन गरिरहेको....

नवलपुरबाट लागुऔषधिसहित तीन पक्राउ

नवलपुर, असार ३ : प्रतिबन्धित लागुऔषध बिक्री वितरण गर्दै गरेको अवस्थामा गैँडाकोट प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। अवैध लागुऔषध बेचबिखन गरिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय गैँडाकोटबाट खटिएको प्रहरीले मंगलबार एक महिलासहित तीन जनालाई रंगेहात पक्राउ गरेको जनाएको छ। 

गैँडाकोट प्रहरी प्रमुख प्रहरी निरीक्षक चन्द्रबहादुर थापाले गैँडाकोट–१० का २७ वर्षीय धनबहादुर कुमाल, गैँडाकोट–१० कै ३० वर्षीय राजकुमार ताम्राकार र गैँडाकोट १२ की २३ वर्षीया सविता पाठकलाई पक्राउ गरेको जानकारी दिए।

प्रतिबन्धित लागुऔषध डाइजापाम, फेनारगन, ब्रुनर्फिन बिक्री वितरण गरिरहेको ठाउँबाट १९ थान लागुऔषधसहित उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनीहरुको साथबाट प्रहरीले लागुऔषधसहित १९ हजार २०० रुपैयाँसमेत बरामद भएको थापाले बताए। गैँडाकोट प्रहरीले पक्राउ परेका तीनै जनाविरुद्ध नवलपुर जिल्ला अदालतबाट २० दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ। 

प्रकाशित मिति: १३:४१ बजे, बुधबार, असार ३, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्