Kathmandu Press

प्रदेश २ मा कोरोना संक्रमितको संख्या दुई हजार ३६७

जनकपुरधाम, असार ३ : प्रदेश २ मा कोरोना सङ्क्रमितको सङ्ख्या दुई हजार तीन सय ६७ पुगेको छ। पछिल्लो २४ घन्टामा सात महिलासहित एक सय ८५ नयाँ सङ्क्रमित थपिएक....

प्रदेश २ मा कोरोना संक्रमितको संख्या दुई हजार ३६७

जनकपुरधाम, असार ३ : प्रदेश २ मा कोरोना सङ्क्रमितको सङ्ख्या दुई हजार तीन सय ६७ पुगेको छ। पछिल्लो २४ घन्टामा सात महिलासहित एक सय ८५ नयाँ सङ्क्रमित थपिएका छन्।

गत २४ घन्टामा सप्तरीमा तीन, सिरहामा दुई, धनुषामा २१, महोत्तरीमा नौ, सर्लाहीमा १६, रौतहटमा ५२ र पर्सामा दुई गरी एक सय ८५ नयाँ सङ्क्रमित थपिएको समाजिक विकास मन्त्रालयका सचिव डा रामप्रसाद घिमिरेले बताए।

त्यस्तै, मंगलबार प्रदेशका  २८ सङ्क्रमित निको भएर घर फर्केका छन्। अहिलेसम्म सङ्क्रमितमध्येबाट पाँच सय ६ जना उपचारपश्चात निको भएर घर फर्केको सचिव डा.घिमिरेले बताए।

प्रदेशमा अहिलेसम्म ३४ हजार चार सय ४५ को स्वाब सङ्कलन गरिएकामा २१ हजार ५० को रिपोर्ट नेगेटिभ आएको छ भने एक हजार २२८ जनाको रिपोर्ट आउन बाँकी छ।

अहिलेसम्म १५ हजार ७३४ को आरडिटी माध्यमबाट परीक्षण गर्दा ७८२ मा पोजिटिभ देखिए भने १४ हजार ९५२ जनाको रिपोर्ट नेगेटिभ रहेको छ।

प्रदेशअन्तर्गतका ४३९ क्वारेन्टिनअन्तर्गत १२ हजार ३३१, होम क्वारेन्टिनमा १४ हजार ५७९ र आइसोलेसनमा ९३९ जना बसेका छन्।

 

प्रकाशित मिति: १०:३१ बजे, बुधबार, असार ३, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्