Kathmandu Press

गण्डकी प्रदेशमा थपिए २१ जना नयाँ संक्रमित

काठमाडौं, असार ३ : गण्डकी प्रदेशका २ जिल्लामा २१ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशका अनुसार नवलपरास....

गण्डकी प्रदेशमा थपिए २१ जना नयाँ संक्रमित

काठमाडौं, असार ३ : गण्डकी प्रदेशका २ जिल्लामा २१ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशका अनुसार नवलपरासी (वर्दघाट सुस्ता पूर्व) हुप्सेकोट गा.पा.का १४ जना, मध्यविन्दु न.पा. २ जना, कावासोती न.पा. का १ जना र अर्को नाम नखुलेको पालिकामा एक जना गरी १९ जनामा संक्रमण देखिएको हो ।  संक्रमितहरु सबै पुरुष रहेका छन् ।

यस्तै पर्वतको फलेवास नगरपालिकाका २ जना पुरुष र एक महिला गरी ३ जनामा संक्रमण पुष्टि भएको छ । यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २४७ पुगेको छ ।  

नयाँ २१ जना संक्रमितहरु सबै भारतबाट फर्किएका हुन् । संक्रमित सबैलाई सम्बन्धित जिल्लाहरुमा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ । 

प्रकाशित मिति: ०८:१३ बजे, बुधबार, असार ३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्