Kathmandu Press

आजको मौसम : भारी बर्षाको सम्भावना 

काठमाडौं, असार ३ : मनसुन सक्रिय भएसँगै मुलुकका विभिन्न भू-भागमा केही दिनयता वर्षा सुरू भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले पनि मुल....

आजको मौसम : भारी बर्षाको सम्भावना 

काठमाडौं, असार ३ : मनसुन सक्रिय भएसँगै मुलुकका विभिन्न भू-भागमा केही दिनयता वर्षा सुरू भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले पनि मुलुकका विभिन्न स्थानमा मध्यमस्तरको वर्षा भइरहेको छ ।

दिउँसोसम्म भारी वर्षाको सम्भावना रहेकाले सतर्क रहन महाशाखाले अपिल गरेको छ । महाशाखाले तीन दिनको पूर्वानुमानसहित जारी गरेको बुलेटिनमा प्रदेश १, २ र बागमती प्रदेशका एक दुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेकाले उक्त क्षेत्रका नदीमा पानी वहाव बढ्ने र पहिरो जाने पनि जोखिम रहेकाले सतर्क रहन महाशाखाले आह्वान गरेको छ ।

दिउँसो सुदूरपश्चिम, कर्णाली र प्रदेश ५ का केही स्थानहरूमा सामान्य वदली रही बाँकी प्रदेशहरूमा पूर्ण बदली हुने र सबै प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना रहेको छ ।

प्रकाशित मिति: ०८:०५ बजे, बुधबार, असार ३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्