भैरहवाको भीम अस्पतालबाट २६ कोरोना संक्रमित डिस्चार्ज
रुपन्देही, असार २ : भैरहवाको भीम अस्पतालबाट २६ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। गत जेठ १९ र २० गते अस्पतालको आइसोलेशनमा भर्ना भएका क....

रुपन्देही, असार २ : भैरहवाको भीम अस्पतालबाट २६ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। गत जेठ १९ र २० गते अस्पतालको आइसोलेशनमा भर्ना भएका कपिलवस्तुका १४, रुपन्देहीका दश र नवलपरसीका दुई संक्रमित निको भई आज घर फर्किएको भीम अस्पतालका प्रवक्ता गोपाल उपाध्यायले जानकारी दिए।
अस्पतालमा एक गर्भवतीसहित दुई संक्रमित उपचाररत छन्।
प्रवक्ता उपाध्यायका अनुसार डिस्चार्ज हुनेमा रुपन्देहीको सैनामैना नगरपालिकाका १९ वर्षीया महिला तथा ४१ र ४३ वर्षीय पुरुष, कोटहीमाई गाउँपालिकाका ७० वर्षीया महिला र ४२ वर्षीय पुरुष तथा मायादेवी गाउँपालिकाका १५, ३६, ५१, २० र ४५ वर्षीय पुरुष छन्।
त्यस्तै कपिलवस्तुको वाणगंगा नगरपालिकाका ३३, ४१ वर्षीया महिला, बुद्धभूमि नगरपालिकाका १९, २२, २४, २६, २७, २८, २८, ३२, ३५, ३८ र ४७ वर्षीय पुरुष, शिवराज नगरपालिकाकी २४ वर्षीया महिला तथा नवलपरासीको रामग्राम नगरपालिकाका २२ र सरावल गाउँपालिकाका २६ वर्षीय पुरुष छन्। यसअघि २५ संक्रमित कोरोना जितेर घर फर्किएका थिए।











