दाङका ६ स्वास्थ्यकर्मीसहित ५६ जनामा कोरोना संक्रमण पुष्टि
घोराही, असार २ : दाङमा आज कोरोना संक्रमण रोकथाम तथा व्यवस्थापनमा खटिएका थप ६ स्वास्थ्यकर्मीसहित ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। राप्....

घोराही, असार २ : दाङमा आज कोरोना संक्रमण रोकथाम तथा व्यवस्थापनमा खटिएका थप ६ स्वास्थ्यकर्मीसहित ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। राप्ती प्रतिष्ठामा गरिएको परीक्षणमा यहाँका ४६ पुरुष र १० महिलामा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा जनाइएको छ।
यससँगै जिल्लाभर २४३ जनामा सङ्क्रमण भएको छ। प्रतिष्ठानका अनुसार प्रतिष्ठानको कोरोना प्रयोगशालामा अझै चार हजार आठ सय जनाको स्वाब परीक्षण गर्न बाँकी छ।
कोरोना संक्रमण रोकथाम तथा व्यवस्थापनमा खटिएका थप ६ स्वास्थ्यकर्मीमा कोरोना पोजेटिभ देखिएको छ। यस्तै दाङमा जनप्रतिनिधि, क्वारेन्टाइनमा खटिएका भान्छे र स्वयंसेवकमा पनि कोरोना पोजेटिभ देखिएको छ।











-1792413548.jpeg)