Kathmandu Press

अत्याधुनिक मेगा हल निर्माण गर्दै काठमाडौं महानगरपालिका 

काठमाडौं, असार २ : काठमाडौंको भृकुटीमण्डपस्थित २ सय १२ रोपनी क्षेत्रफलमा काठमाडौं महानगरपालिकाले अत्याधुनिक मेगा हल निर्माण गर्ने भएको छ। उपत्यकाको &n....

अत्याधुनिक मेगा हल निर्माण गर्दै काठमाडौं महानगरपालिका 

काठमाडौं, असार २ : काठमाडौंको भृकुटीमण्डपस्थित २ सय १२ रोपनी क्षेत्रफलमा काठमाडौं महानगरपालिकाले अत्याधुनिक मेगा हल निर्माण गर्ने भएको छ। उपत्यकाको  वास्तुकलालाई ध्यानमा राखेर  निर्माण गरिने मेगाहलको प्रस्तावित डिजाइन तयार भइसकेको छ।

काठमाडौं महानगरपालिकाको सहरी योजना आयोगले मेगाहलको प्रस्तावित डिजाइन तयार पारेको हो। ‘१ लाख १४ हजार वर्गमिटर भन्दा केही बढीको पाँचतले मेगा हल निर्माणका लागि प्रस्तावित डिजाइन तयार भइसकेको छ,’ काठमाडौं महानगरपालिका सहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेतले भने, ‘२ सय १२ रोपनी क्षेत्रफल मध्ये करीब ६० प्रतिशतमा हरियाली बगैँचा रहने छ भने ४० प्रतिशत स्थानमा मेगा हल निर्माण हुनेछ।’ उनले मेगा हल निर्माण गर्दा खुला क्षेत्र र हरियालीलाई प्राथमिकता दिएर डिजाइन तयार पारेको जानकारी दिए।

‘हामीले प्रस्तावित डिजाइनमै अहिले भइरहेका भौतिक संरचना भन्दा निकै कम निर्माण गर्ने गरी योजना अघि सारेका छौँ,’ ‘हामीले यहाँ मात्रै होइन महानगरपालिका भित्रका पार्कलगायतका अन्य डिजाइनहरुमा पनि खुला क्षेत्र र हरियाली प्रवर्द्धनलाई प्राथमिकता दिएका छौं।’   

काठमाडौं महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्यले यो आयोजनालाई ‘ड्रिम प्रोजेक्ट’ का रुपमा अघि बढाउन चाहेकाले त्यसै अनुरुप आफूहरुले काम अघि बढाएको बस्नेतले जानकारी दिए। 

उक्त भवनका दुई तलामा १ हजार कार अटाउने पार्किङ हुनेछ भने २ सय जना अटाउने ६ ओटा मिटिङ हल, ४ सय ५० जना अटाउने ३ ओटा कन्फरेन्स हल र तीन हजार अटाउने अडिटोरियम हल एउटा  रहनेछ। ‘मेगा हलमा एकै पटक २ हजारसम्म अट्ने २ ओटा प्रदर्शनी हलसहितको डिजाइन तयार पारेका छौं,’ बस्नेतले भने, ‘नवप्रर्वद्धन केन्द्र ६ ओटा रहने छन् भने पाँच ओटा स्वागत कक्षको डिजाइन तयार पारेका छौं।’ यो मेगा हलमा २२ ओटा लिफ्ट र १२ ओटा एस्कालेटर रहने छन्।’  

बस्नेतका अनुसार ट्राफिक व्यवस्थापनलाई समेत ध्यानमा दीर्घकालिन र अल्पकालिन सोँचसहित मेगाहलको डिजाइन तयार पारिएको छ। ‘हामीले डिजाइनमा चार स्थानबाट प्रवेश र दुई स्थानबाट निकास द्धारको व्यवस्था गरेका छौँ,’ उनले भने, ‘पहिलो चरणमा साल्टटे«निङ, भद्रकाली र भृकुटीमण्डपबाट प्रवेशको व्यवस्था हुनेछ। धरहरा निर्माण सम्पन्नपछि धरहराबाट सिधै टुँडिखेलबाट अन्डरपाससहित मेगा हल प्रवेश गराउने गरी डिजाइन तयार पारेका छौं।’  

मुलुकको अर्थव्यवस्थालाई चलायमान बनाउने र प्रर्यटन प्रवर्द्धनलाई समेत ध्यानमा राखेर मेगा हलको योजना अघि बढाएको उनले बताए। 

ठूला–ठूला सभा–सम्मेलन गर्न विश्वका धेरै मुलुकबाट थाइल्याण्ड, मलेसिया, अष्ट्रिया,  स्वीजरल्याण्डसम्म पुग्ने गरेको दृष्टान्त बताउँदै बस्नेतले नेपालमा पनि यो हलको निर्माण सम्पन्नपछि विश्वका धेरै मुलुकलाई सभा–सम्मेलनका लागि आकर्षित गर्न सकिने उनले बताए। ‘१२ अर्बको लगानीमा निर्माण गर्न लागिएको यो हलमा ग्रिन रुम, फुडकोड, सार्वजनिक सौचालय, रेष्टुरेन्ट, सभाहल, प्रदर्शनीहललगायत रहने छन्,’ बस्नेतले भने, ‘हरित प्रविधिलाई प्राथमिकता दिइइने छ। 

समाज कल्याण परिषद्को मातहतमा रहेको उक्त जग्गालाई महानगरपालिकाको मातहतमा ल्याएर मेगा हल निर्माण गर्न सम्वन्धित निकायसँग सहमतिको लागि आवश्यक पत्राचार भै प्रक्रिया अघि बढेको पनि उनले बताए।

प्रकाशित मिति: १९:०३ बजे, मंगलबार, असार २, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्