Kathmandu Press

प्रदेश २ मा थप १८५ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, असार २ :  प्रदेश २ मा पछिल्लो २४ घण्टामा १८५ जनामा कोरानाको संक्रमण पुष्टि भएको छ। 

सोमबार जनकपुरस्थित प्रादेशिक अस....

प्रदेश २ मा थप १८५ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, असार २ :  प्रदेश २ मा पछिल्लो २४ घण्टामा १८५ जनामा कोरानाको संक्रमण पुष्टि भएको छ। 

सोमबार जनकपुरस्थित प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा १८५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। जसमध्ये १७८ पुरुष र ७ महिला रहेका छन्।

संक्रमितहरु सप्तरीका ३, सिरहाका २, धनुषाका २१, महोतरीका ८९, सलाहीका १६, रौतहटका ५२ र पर्सामा २ जना रहेका छन्।

योसँगै प्रदेश २ मा कोरोना संक्रमितको संख्या २३९८पुगेको छ।

पछिल्लो २४ घण्टामा प्रदेश २ मा २८ जना डिस्चर्ज भएका छन्। योसहित प्रदेश २ बाट कोरोना जितेर घर फकर्नेको संख्या ५०६ पुगेको छ।

प्रकाशित मिति: १६:०८ बजे, मंगलबार, असार २, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्