Kathmandu Press

कुवेतबाट उद्धार गरी ल्याइएको युवतीमा कोरोना पोजेटिभ

पाँचथर, असार २ : पाँचथरकाे फिदिमस्थित क्वारेन्टाइनमा बसेकी एक युवतीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। कुवेतबाट उद्धार गरी ल्याइएकी फिदिम नगरपालि....

कुवेतबाट उद्धार गरी ल्याइएको युवतीमा कोरोना पोजेटिभ

पाँचथर, असार २ : पाँचथरकाे फिदिमस्थित क्वारेन्टाइनमा बसेकी एक युवतीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। कुवेतबाट उद्धार गरी ल्याइएकी फिदिम नगरपालिकाकी २५ वर्षीया युवतीको स्वाब परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको हो।

प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा ती युवतीमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पाँचथरका प्रमुख नारद सुवेदीले जानकारी दिए।

पाँचथर बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा गत जेठ ३२ गतेदेखि उनी बसेकी थिइन्। उनको सोमबार स्वाब संकलन गरी पठाइएकामा आज रिपोर्ट आएको सुवेदीले बताए।

कुवेतबाट उद्धार गरी ल्याइएकी उनलाई भक्तपुरस्थित होल्डिङ सेन्टरमा राखेर पाँचथर पठाइएको थियो। उनीसँगै विभिन्न मुलुकबाट उद्धार गरेर जिल्लामा ल्याई उक्त क्वारेन्टाइनमा राखिएका अन्य तीन जनामा भने कोरोना संक्रमण नदेखिएको सुवेदीले बताए। 

पछिल्लो पटक विदेशबाट आएका चार तथा भारतबाट आएका ५३ जना गरी ५७ जनाको स्वाब परीक्षण गरिएकामा ५६ जनाको रिपोर्ट नेगेटिभ आएको जनाइएको छ। संक्रमण पुष्टि भएकी ती युवतीलाई कोशी अस्पताल विराटनगर पठाउने तयारी भइरहेको छ। पाँचथरमा जिल्लाभित्रै पहिलो पटक कोरोना भाइरस संक्रमित भेटिएको हो।

प्रकाशित मिति: १६:०५ बजे, मंगलबार, असार २, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्