Kathmandu Press

दक्षिण कोरियाली सरकारद्वारा ५० हजार पीसीआर किट प्रदान

काठमाडौं, असार २ : दक्षिण कोरियाली सरकारले नेपाल सरकारलाई ५० हजार थान आर टि–पीसीआर किट प्रदान गरेको छ। देशभर कोरोना संक्रमण फैलिरहेकोले परी....

दक्षिण कोरियाली सरकारद्वारा ५० हजार पीसीआर किट प्रदान

काठमाडौं, असार २ : दक्षिण कोरियाली सरकारले नेपाल सरकारलाई ५० हजार थान आर टि–पीसीआर किट प्रदान गरेको छ। देशभर कोरोना संक्रमण फैलिरहेकोले परीक्षणको दायरा बढाउन कोरियाली सहयोग नियोग (कोहका) ले आज ६ करोड २५ लाख रुपैयाँ बराबरको परीक्षण उपकरण आज सरकारलाई हस्तान्तरण गरेको हो। 

कोहकाका तर्फबाट यहाँस्थित कोरियली राजदूतावासको कार्यबाहक राजदूत सन चिल कोन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रमुख स्वास्थ्य विशेषज्ञ तथा स्वास्थ्य समन्वय महाशाखा प्रमुख डा राजन पोखरेललाई हस्तान्तरण गरे।

कोरियाले आज २५ हजार थान परीक्षण उपकरण उपलब्ध गराएको तथा बाँकी स्वास्थ्य सामग्री आगामी शनिबारबाट प्रदान गरिने कोहकाले जनाएको छ।रासस

प्रकाशित मिति: १५:३१ बजे, मंगलबार, असार २, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्