Kathmandu Press

दिल्लीका स्वास्थ्यमन्त्री सत्येन्द्र जैन अस्पताल भर्ना

काठमाडौं, असार २ : भारतको दिल्ली राज्यका स्वास्थ्यमन्त्री सत्येन्द्र जैन  दिल्लीस्थित राजीव गान्धी सुपर स्पेसलिटी अस्पताल भर्ना भएका छन्। उच्च ज्....

दिल्लीका स्वास्थ्यमन्त्री सत्येन्द्र जैन अस्पताल भर्ना

काठमाडौं, असार २ : भारतको दिल्ली राज्यका स्वास्थ्यमन्त्री सत्येन्द्र जैन  दिल्लीस्थित राजीव गान्धी सुपर स्पेसलिटी अस्पताल भर्ना भएका छन्। उच्च ज्वरो र श्वासप्रश्वासमा समस्या भएपछि उनलाई अस्पताल भर्ना गरिएको हो।

कोरोना भाइरसको आशंका गरिएकोले उनको परीक्षणको लागि मंगलबार स्वाब संकलन गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

स्वास्थ्यमन्त्री जैन कोरोना रोकथाम तथा नियन्त्रणका लागि दिल्लीका विभिन्‍न स्थानको निरीक्षण र अनुगमनमा हिँडेका थिए।

प्रकाशित मिति: १४:४६ बजे, मंगलबार, असार २, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्