Kathmandu Press

रौतहटका ७ जना संक्रमित कोरोना जितेर घर फर्किए

काठमाडौं, असार २ : रौतहटका ७ जना संक्रमित कोरोना जितेर घर फर्किएका छन्। 

चन्द्रपुर नगरपलिका ६ स्थित एन्फा महिला एकेडेमीको भवनमा रहेको अ....

रौतहटका ७ जना संक्रमित कोरोना जितेर घर फर्किए

काठमाडौं, असार २ : रौतहटका ७ जना संक्रमित कोरोना जितेर घर फर्किएका छन्। 

चन्द्रपुर नगरपलिका ६ स्थित एन्फा महिला एकेडेमीको भवनमा रहेको अस्थायी आइसोलेसनमा उपचाररत ७ जना मंगलबार डिस्चार्ज भएका हुन्। डिस्चार्ज हुनेहरु गढीमाई नगरपालिकाका पाँचजना र गुजरा नगरपालिकाका दुईजना रहेका छन्। 

पछिल्लो पटक गरिएको पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई डिस्चार्ज गरिएको चन्द्रपुर अस्पतालका जनस्वास्थ्य निरीक्षक मातृका चालिसेले बताए।

उनीहरु २० दिन आइसोलेसनको बसाईपछि घर फर्किएका हुन्।

योसहित रौतहटमा कोरोना जितेर फर्कनेको संख्या १ सय ९ पुगेको छ।

प्रकाशित मिति: १४:१८ बजे, मंगलबार, असार २, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्