Kathmandu Press

चिनियाँ र भारतीय सेनाबीच झडप, तीन भारतीय सैनिकको मृत्यु 

काठमाडौं, असार २ : भारत–चीन सीमा गलबान भ्यालीमा चिनियाँ सेनासँगको झडपममा परी तीन भारतीय सैनिकको मृत्यु भएको छ।

बीबीसीका अनुसार झडपमा भ....

चिनियाँ र भारतीय सेनाबीच झडप, तीन भारतीय सैनिकको मृत्यु 

काठमाडौं, असार २ : भारत–चीन सीमा गलबान भ्यालीमा चिनियाँ सेनासँगको झडपममा परी तीन भारतीय सैनिकको मृत्यु भएको छ।

बीबीसीका अनुसार झडपमा भारतीय सेनाका एक अधिकार सहित दुई जनाको मृत्यु भएको हो। गलवान भ्याली सीमामा सैनिक पछाडि हट्ने क्रममा झडप भएको भारत सरकारले जनाएको छ। भारतीय सेनाले भारत–चीन सीमामा सोमबार राति दुवै देशका सेनाबीच भएको संघर्षमा एक अधिकारी र दुई सैनिकको मृत्यु भएको पुष्टि गरेको छ।

भारतीय सेनाको मुख्यालयका अनुसार दुवै देशका वरिष्ठ सैन्य अधिकारीहरु यो विषयको विवाद सुल्झाउनका लागि घटनास्थलमा बैठक गरिरहेका छन्। 

गलवान भ्याली भारत–चीनको लद्दाख सीमा रेखाअन्तर्गतको क्षेत्र हो। जहाँ पछिल्लो समय दुई देशबीच तनाव उत्पन्न भएको छ।

प्रकाशित मिति: १३:५५ बजे, मंगलबार, असार २, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्