कोरोना नियन्त्रणमा गम्भीर बन्न कांग्रेसको प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र
काठमाडौं, असार २ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना नियन्त्रणमा गम्भीर बन्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई ध्यानाकर्षण पत्र बुझाएको छ। म....

काठमाडौं, असार २ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना नियन्त्रणमा गम्भीर बन्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई ध्यानाकर्षण पत्र बुझाएको छ। मंगलबार कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणले प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाएका हुन्।
भेटमा कांग्रेस सांसदहरुले आरडीटी परीक्षण रोक्न र पीसीआरको दायरा बढाउन माग गरेका थिए । कांग्रेसले सरकारले पीसीआर विधिबाट कोरोना परीक्षणको दायरा वृद्धि नगरेको बताउँदै आएको छ।
हालै बसेको कांग्रेस केन्द्रीय समिति बैठकले कोरोना नियन्त्रणमा सरकार असफल भएको निष्कर्ष निकालेको थियो। कांग्रेसले ७७ जिल्ला, प्रदेशमा मुख्यमन्त्रीमार्फत र केन्द्रमा संसदीय दलले प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाएको हो।
प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाउन कांग्रेस सांसदहरू भीमसेनदास प्रधान, राजन केसी, गगन थापालगायत बालुवाटार पुगेका थिए।
सरकारले कोरोना नियन्त्रणमा अहिलेसम्म दश अर्ब खर्च भइसकेको बताएको छ। उक्त खर्च पारदर्शी हुनुपर्ने कांग्रेसले बताउँदै आएको छ। उनीहरुले पीसीआर टेष्टको दायरा बढाउनुपर्ने, क्वारेन्टाइन व्यवस्थित हुनुपर्ने, अस्पतालको व्यवस्थापनमा जुट्नुपर्ने, स्वास्थ्य सामग्री खरिद तथा विदेशबाट नागरिक उद्धारमा भएको भनिएको अनियमितता छानबिन गर्नुपर्नेलगायतका माग राखेका थिए।
कांग्रेसको ध्यानाकर्षण पत्र बुझेपछि ओलीले कोरोना भाइरसको नियन्त्रण, उपचार तथा रोकथाममा भएको खर्चमा ध्यान दिइएको र कसैले गल्ती गरेको पाइए कारवाही हुने बताए। ओलीले भारतबाट आएकाहरुलाई राखिएको स्थानीय तहका क्वारेन्टाइनमा कमजोरी भएको स्वीकार गरेका छन्। कांग्रेस सांसदहरुले आरडीटी परीक्षण रोक्न र पीसीआरको दायरा बढाउन माग गरे पनि ओलीले यसबारे भने बोलेनन्।











-1792413548.jpeg)