दोलखाको लामाबगर केन्द्रविन्दु भई भूकम्पकाे परकम्प
दोलखा, असार २ : दोलखाको लामाबगर आसपास केन्द्रविन्दु भई परकम्प गएको छ।
मंगलबार बिहान ९ः५३ बजे ४ दशमलब १ रिक्टर स्केलको परकम्प गएको खानी तथा भ....

दोलखा, असार २ : दोलखाको लामाबगर आसपास केन्द्रविन्दु भई परकम्प गएको छ।
मंगलबार बिहान ९ः५३ बजे ४ दशमलब १ रिक्टर स्केलको परकम्प गएको खानी तथा भू–गर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। केन्द्रका वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीले दोलखामा गएको भूकम्प गोरखा भूकम्पकै परकम्प भएको बताए।
उनका अनुसार विसं २०७२ को गोरखा भूकम्प (७ दशमलब ६ रिक्टर स्केलं) पछि हालसम्म चार रिक्टर स्केलभन्दा माथिका ५४० परकम्प गएका छन्।
प्रकाशित मिति: १२:३२ बजे, मंगलबार, असार २, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











