सिमेन्ट बोकेको ट्र्याक्टर दुर्घटना, एकको मृत्यु
जुम्ला, असार २ : जुम्लाको पातारासी गाउँपालिकामा ट्र्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ।
गएराति भे १ त ७३३२ नम्बरको ट्र्याक्टर दुर्घटना....

जुम्ला, असार २ : जुम्लाको पातारासी गाउँपालिकामा ट्र्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ।
गएराति भे १ त ७३३२ नम्बरको ट्र्याक्टर दुर्घटनामा परेर पातारासी गाउँपालिका–४ का ४८ वर्षीय जयबहादुर बुढाको मृत्यु भएको हो।
जुम्ला सदरमुकाम खलङ्गाबाट पातारासीको लासीबजारसम्म छड र सिमेन्ट लिएर जाँदै गरेको ट्र्याक्टर कोटाभिड नजिकै दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ।
ट्र्याक्टरमा चढेका अरु दुई जना घाइते भएको प्रहरी नायब उपरीक्षक लालबहादुर धामीले बताए। ट्र्याक्टर सडकबाट झण्डै ५० मिटर तल खसेको छ।
घाइते हुनेमा ३६ वर्षीय वीरबहादुर बुढा र ३८ वर्षीय धनसुर बुढा रहेका छन्। उनीहरुको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचार भइरहेको छ।
ट्र्याक्टर चालक यज्ञराज बोहोरालाई प्रहरीले नियन्त्रणमा लिएको छ।











