Kathmandu Press

बलात्कार घटनाका दोषीलाई कडा कारवाही गर  कांग्रेस

काठमाडौं, असार १ : नेपाली कांग्रेसले कैलालीको एक क्वारेन्टाइनमा भएको बलात्कारको घटना अत्यन्तै निन्दनीय र गम्भीर भएको उल्लेख गर्दै घटनामा संलग्नलाई कडा....

बलात्कार घटनाका दोषीलाई कडा कारवाही गर  कांग्रेस

काठमाडौं, असार १ : नेपाली कांग्रेसले कैलालीको एक क्वारेन्टाइनमा भएको बलात्कारको घटना अत्यन्तै निन्दनीय र गम्भीर भएको उल्लेख गर्दै घटनामा संलग्नलाई कडा कारवाही गर्न माग गरेको छ।

क्वारेन्टाइन सुरक्षाका लागि कि सजायका लागि भन्ने प्रश्न उब्जिएको बताउँदै पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले आज एक विज्ञप्तिमार्फत कैलालीको घटनामा दोषीलाई कानूनी कारवाही सँगसँगै क्वारेन्टाइनको बेथिति झल्किएको उल्लेख गरे।  

मापदण्डविपरीतका अव्यवस्थित क्वारेन्टाइन कोरोना संक्रमण विस्तारको केन्द्र बन्दै गएकाले देशका विभिन्न क्वारेन्टाइनबाट नागरिक भागेको उनले बताए। बलात्कारमा घटनामा सामेललाई कानूनी कारवाहीसँगै यो घटनाको गम्भीर समीक्षा गरी राज्यको जिम्मेवार पदमा रहेर गैरजिम्मेवार बन्नेलाई कारवाही गर्न कांग्रेसले माग गरेको छ।

क्वारेन्टाइनका बेथितिसमेत विरुद्ध दबाब दिन कांग्रेसले भोलि असार २ गते स्वदेश र विदेशबाट एकसाथ प्रधानमन्त्रीलाई विशेष ज्ञापनपत्र बुझाउने कार्यक्रम तय गरेको छ।

प्रकाशित मिति: २०:२२ बजे, सोमबार, असार १, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्