मुलुकमा फेरि आन्दोलन जरुरी छैन : प्रधानमन्त्री ओली
काठमाडौं, असार १ : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार सुशासन र स्वच्छता कायम गर्न तयार रहेकोले आन्दोलन गर्न जरुरी नभएको बताएका छन्।
आइतबार....

काठमाडौं, असार १ : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार सुशासन र स्वच्छता कायम गर्न तयार रहेकोले आन्दोलन गर्न जरुरी नभएको बताएका छन्।
आइतबारदेखि बैकल्पिक सिकाइ प्रविधि सुरु भएको अवसरमा शुभकामना सम्बोधन गर्दै उनले अब मुलुकमा फेरि आन्दोलन जरुरी नभएको बताएका हुन्।
उनले लड्नुपर्ने जति अहिलेकै पुस्ताले लड्ने र मुलुक बनिछाड्ने बताए। ‘जति लड्ने हो यो पुस्ता लड्छ। मुलक बन्छ। अबका दिनमा हाम्रा सन्तानहरु यस मुलकको भाग्यमानी पुस्ता बन्छ भन्ने तपाईँका अभिभावकहरुको भनाइ झुटा सवित हुँदैन,’ उनले भने।
उनले मुलुक बन्नेमा ढुक्क रहने आग्रह गरे। ‘आरोप लगाए जस्तो गफ हानेको होइन। ढुक्क रहुँ मुलुक बन्छ,’ प्रधानमन्त्री ओलीले भने।
काेराेनाका कारण सामुदायिक विद्यालय बन्द रहेका छन्। अनलाइनमार्फ पढाइ गर्न नसिकने भएपछि आजदेखि रेडियाे र टेलिभिजनमार्फत पढाइ सुरु गरिएकाे छ।











