Kathmandu Press

सरिता गिरीलाई पार्टी र सांसदबाट हटाउने जसपाको तयारी

काठमाडौं, असार १ : जनता समाजवादी पार्टी (जसपा)ले संविधान संशोधनको विपक्षमा आफूलाई उभ्याएकी सरिता गिरीलाई पार्टी र सांसद दुवै पदबाट हटाउने तयारी गरेको ....

सरिता गिरीलाई पार्टी र सांसदबाट हटाउने जसपाको तयारी

काठमाडौं, असार १ : जनता समाजवादी पार्टी (जसपा)ले संविधान संशोधनको विपक्षमा आफूलाई उभ्याएकी सरिता गिरीलाई पार्टी र सांसद दुवै पदबाट हटाउने तयारी गरेको छ।

जसपाका एक नेताका अनुसार उनलाई दुवै पदबाट बर्खास्त गर्ने अन्तिम तयारी भएको छ। ती नेताले भने, पार्टीको नीति र निर्देशन उल्लंघन गरेकाले पार्टीको साधारण सदस्य समेत नरहने गरी र सांसद पद दुवैबाट निष्कासन गर्ने तयारी छ। ड्राफ्ट बनिसकेको छ।झ

अहिले डा. बाबुराम भट्टराई गोरखामा र उपेन्द्र यादव विराटनगरमा भएकाले आएपछि कारबाहीको अन्तिम निर्णय गरिने जनाएको छ। जसपा अर्का नेताले भने, 'रात गयो, अग्राख पलाएन भने कारबाही गरि उहाँलाई दुवै पदबाट निष्कासन गरिने एक सय प्रतिशत पक्का छ।'

तत्कालीन समाजवादी पार्टीका मुख्य सचेतक उमाशंकर अरगरियाले संविधान संशोधनबारे पार्टी निर्णय विपरीत गएकाले सांसद गिरीलाई स्पष्टीकरण सोधिने बताएका छन्।

सांसद गिरीले संविधान संशोधनको विरोध गर्दै छुट्टै संशोधन प्रस्ताव दर्ता गराएकी थिइन्। जसलाई सभामुख अग्निप्रसाद खरेलले अस्वीकृत भएको घोषणा गरेका थिए।

सांसद गिरीले लिम्पियाधुरा, कालापानी र लिपुलेकसहितको नक्सा जारी गर्दा पर्याप्त प्रमाण नजुटाएको भन्दै विरोध गरेकी थिइन्। नक्सा पास गर्नुभन्दा पहिले प्रमाण जुटाउनुपर्ने उनको भनाइ थियो।

सरकारले जारी गरेको नक्साअनुसार निशान छाप परिमार्जन गर्ने विधेयक संसद्ले पारित गरिसकेको छ। तर, लिम्पियाधुरालगायतको भूमि नेपालको हो भन्नका लागि प्रमाण जुटाउन सरकारले बल्ल समिति गठन गरेको छ।

प्रकाशित मिति: ११:०३ बजे, सोमबार, असार १, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्