चट्याङ लागेर १० वर्षीया बालिकाको मृत्यु
भोजपुर, असार १ : भोजपुरको उत्तरी क्षेत्रमा रहेको षडानन्द नगरपालिका–३ मा चट्याङ लागेर एक बालिकाको मृत्यु भएको छ।
टेम्केमैयुङ गाँउपालिका....

भोजपुर, असार १ : भोजपुरको उत्तरी क्षेत्रमा रहेको षडानन्द नगरपालिका–३ मा चट्याङ लागेर एक बालिकाको मृत्यु भएको छ।
टेम्केमैयुङ गाँउपालिका–१ सुम्लीखाका अन्दाजी १० वर्षीया कृतिका राउतको चट्याङ लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय दिङ्लाले जनाएको छ। मामली घर आएकी बालिकालाई आइतबार साँझ भीषण वर्षासँगै परेको चट्याङ लागेको थियो ।
चट्याङ लागेर गम्भीर घाइते भएकी बालिकाको उपचारका लागि स्थानीय स्वास्थ्य चौकीमा लाने क्रममा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय दिङ्लाका प्रहरी निरीक्षक भाष्कर खतिवडाले बताए। आज उनका अभिभावक आएपछि कानूनी प्रक्रिया पूरा गरी शव परीक्षणका लागि पठाइने खतिवडाले बताए।
मनसुन सुरु भएसँगै वर्षा हुन थालेको छ। यससँगै हावाहुरी र चट्याङले गत साता मात्रै चार जनाको ज्यान गएको छ।











