Kathmandu Press

आजको मौसम : केहि स्थानमा भारी बर्षाको सम्भावना 

काठमाडौं, असार १ : मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बागमति प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का एकरदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

....
आजको मौसम : केहि स्थानमा भारी बर्षाको सम्भावना 

काठमाडौं, असार १ : मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बागमति प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का एकरदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

महाशाखाले जारी गरेको पूर्वानुमान अनुसार नेपालमा नेपालको पूर्वी भू भागबाट मनसुनी वायु तथा पश्चिमी भू भागमा पश्चिमी  वायुको प्रभाव रहेको छ। सोमबार दिउँसो सुदुर पश्चिम, कर्णाली र प्रदेश ५ मा सामान्य बदली रही बाँकी प्रदेशहरूमा पूर्ण बदली  रहनेछ ।

प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ का केही स्थानहरुमा  र बाँकी प्रदेशका थोरै स्थानहरुमा  मेघगर्जन चट्याङ हावाहुरी सहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । 

बागमति प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का केहि स्थानमा भने भारी वर्षाको सम्भावना रहेकाले सर्तकता अपनाउन महाशाखाले भनेको छ । यस्तै, सोमबार राती भने प्रदेश १ र प्रदेश २ का केहि स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

प्रकाशित मिति: ०८:३१ बजे, सोमबार, असार १, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्