Kathmandu Press

क्वारेन्टाइनमा बसेकी महिला बलात्कारको आरोपमा तीनजना प्रक्राउ

काठमाडौं, असार १ : कैलालीको लम्कीचुहा नगरपालिका–१ पूर्वलम्कीमा रहेको शहिद स्मृति माध्यमिक विद्यालयको क्वारेन्टाइनमा रहेकी एक महिलामाथि बलात्कार ....

क्वारेन्टाइनमा बसेकी महिला बलात्कारको आरोपमा तीनजना प्रक्राउ

काठमाडौं, असार १ : कैलालीको लम्कीचुहा नगरपालिका–१ पूर्वलम्कीमा रहेको शहिद स्मृति माध्यमिक विद्यालयको क्वारेन्टाइनमा रहेकी एक महिलामाथि बलात्कार गरेको आरोपमा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ ।

क्वारेन्टाइनमा रहेकी महिलामाथि बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय लम्कीले तीन जनालाई पक्राउ गरेको हो ।

जेठ २० गते गौरीफन्टा नाकाबाट आएर शहिद स्मृति माध्यामिक विद्यालय लम्कीको क्वारेनटाइनमा बस्दै आएकी महिलाले शनिबार १२ बजेतिर क्वारेनटाइनमा स्वयंसेवकका रुपमा खटिएका तीनजनाले आफ्नो बलत्कार गरेको जाहेरी दिएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । दोषीमाथि कारबाहीको माग गर्दै स्थानीयले आइतबार लम्की बजारमा विरोध प्रर्दशन समेत गरेका थिए ।

प्रकाशित मिति: ०७:३८ बजे, सोमबार, असार १, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्