Kathmandu Press

आजबाट सबै सरकारी कार्यालय खुल्ने 

काठमाडौं, असार १ : आजबाट लकडाउनबाट खुकुलो भएको छ । कोरोना भाइरसको रोकथामका लागि अपनाइएको लकडाउन खुकुलो बनाउँदै लाने योजना अनुसार आजबाट सबै सरकारी कार्....

आजबाट सबै सरकारी कार्यालय खुल्ने 

काठमाडौं, असार १ : आजबाट लकडाउनबाट खुकुलो भएको छ । कोरोना भाइरसको रोकथामका लागि अपनाइएको लकडाउन खुकुलो बनाउँदै लाने योजना अनुसार आजबाट सबै सरकारी कार्यालय खुल्नेछन् ।

भीडभाड कम गर्ने गरी रोकथामका उपायसहित सरकारी कार्यालय खुल्न थालेका हुन् । कार्यालय शुरुमा २ बजेसम्म खोलिने भएको छ । त्यसपछि दुई सिफ्ट गरी ८ देखि २ र २ देखि ६ बजेसम्म खोलिने योजना बनाइएको छ ।

काठमाडौं उपत्यका भित्र आउन र बाहिर जान विशेष व्यवस्था गरिएको छ । यसका लागि जिल्ला प्रशासन कार्यालयले हिजो सुचना जारी गरिसकेका छन् । त्यसका लागि कागजातसहित निवेदन दिनुपर्नेछ ।

सार्वजनिक यातायात पनि खोल्ने तयारी भएको छ । ट्याक्सी सञ्चालनमा आइसकेको छ । निजी सवारी सञ्चालनमा जोर बिजोर प्रणाली लागु गरिएको छ ।

प्रकाशित मिति: ०७:०६ बजे, सोमबार, असार १, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्