कांग्रेस प्रवक्ता शर्माले भने– काठमाडौंप्रेस माथिको धम्की दण्डनीय छ
काठमाडौं, जेठ ३२ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले काठमाडौं प्रेसका प्रबन्ध सम्पादकलाई एक ट्राभल्स एजेन्सीका संचाल....

काठमाडौं, जेठ ३२ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले काठमाडौं प्रेसका प्रबन्ध सम्पादकलाई एक ट्राभल्स एजेन्सीका संचालकले दिएको धम्की दण्डनीय भएको बताएका छन्।
आइतबार बिहान सुमेग ट्राभल्सका सञ्चालक मेघ केसीले चार्टर्ड फ्लाइटमा ट्राभल एजेन्सीहरुले महँगो भाडा असुलेको विषयमा लेखिएको समचारलाई लिएर ‘सिध्याइदिने’ धम्की दिएका थिए।
केसीले धम्की दिएपछि पत्रकार महासंघले विज्ञप्ती जारी गरी भत्र्सना गरेको थियो। महासंघको विज्ञप्तीमा एक्यवद्धता जनाउँदै प्रवक्ता शर्माले ट्वीटमार्फत धम्की आपत्तिजनक र निन्दनिय भएको बताएका छन्। ‘नेपाल पत्रकार महासंघको वक्तव्यप्रती एक्यवद्धता, काठमाडौं प्रेसमाथि सत्ता संरक्षित अघिल्लो अतिक्रमण र प्रबन्ध सम्पादकलाई ‘सिध्याइदिन्छु’ को आजको धम्की आपत्तिजनक छ,’ उनले भनेका छन्, ‘समाचार उपर आलोचनात्मक टिप्पणी गर्न मिल्छ,तर स्थापित विधि र प्रक्रिया विपरीतको धम्की निन्दनीय र दण्डनीय हुन्छ।’
नेपाल पत्रकार महासंघको वक्तव्यप्रती एक्यवद्धता !
— Bishwa Prakash शर्मा (@bishwaprakash77) June 14, 2020
काठमाडौ प्रेसमाथी सत्ता संरक्षित अघिल्लो अतिक्रमण र प्रबन्ध निर्देशकलाई `सिध्याइदिन्छु´ को आजको धम्कि आपत्तिजनक छ l समाचार उपर आलोचनात्मक टिप्पणी गर्न मिल्छ,तर स्थापित विधि र प्रक्रिया विपरीतको धम्की निन्दनीय र दण्डनीय हुन्छ l pic.twitter.com/A7bRVP4BPb











