Kathmandu Press

६ जना मारिएको रुकुमपश्चिम घटनामा ३४ जनाविरुद्ध मुद्दा दायर 

काठमाडौं, जेठ ३२ : रुकुम पश्चिममा ६ जनाको हत्या भएको घटनामा ३४ जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ।

सरकारी वकिल कार्यालयले आइतबार ....

६ जना मारिएको रुकुमपश्चिम घटनामा ३४ जनाविरुद्ध मुद्दा दायर 

काठमाडौं, जेठ ३२ : रुकुम पश्चिममा ६ जनाको हत्या भएको घटनामा ३४ जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ।

सरकारी वकिल कार्यालयले आइतबार जिल्ला अदालत रुकुम पश्चिममा विभिन्न तीन मुद्दामा जन्म कैदको माग गर्दै मुद्दा दर्ता गरेको हो। 

प्रहरी अनुसन्धानमा देखिएअनुसार चौरजहारी ८ का वडाध्यक्ष डम्मरबहादुर मल्लसहित ३४ जनाले ६ जनाको हत्या गरेको, बाँकीलाई घाइते बनाएको र जातीय छुवाछुत गरेको भन्दै मुद्दा दर्ता भएको हो।

मुद्दामा विपक्षी बनाइएका ३४ मध्ये २९ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ। पाँच जना भने अझै फरार छन्।

प्रहरी अनुसन्धानमा जेठ १० गते जाजरकोटका नवराज बिक र उनका ५ जना साथीलाई हत्या गरेर भेरी नदीमा फालेको देखिएको बताइएको छ। प्रहरीले गरेको अनुसन्धान र रायसहितको प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालयले मुद्दा दर्ता गरेको हो। 

प्रकाशित मिति: १९:२१ बजे, आइतबार, जेठ ३२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्