Kathmandu Press

अब उपत्यका प्रवेश गर्न स्थानीय तहको अनुमति अनिवार्य

काठमाडौं, जेठ ३२ : कोरोना भाइरसको संक्रमण जोखिम रोक्न काठमाडौं प्रवेशका लागि आफू बसोबास गर्ने स्थानीय तहको अनुमति अनिवार्य गरिएको छ। जिल्ला प्रशासन का....

अब उपत्यका प्रवेश गर्न स्थानीय तहको अनुमति अनिवार्य

काठमाडौं, जेठ ३२ : कोरोना भाइरसको संक्रमण जोखिम रोक्न काठमाडौं प्रवेशका लागि आफू बसोबास गर्ने स्थानीय तहको अनुमति अनिवार्य गरिएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंका अनुसार काठमाडौं आउने व्यक्तिले त्यसरी स्थानीय तहको अनुमति लिएर आफू रहेको प्रशासन कार्यालयमा निवेदन दिनुपर्ने छ। उक्त अनुमति प्राप्तसहित निवेदन परेपछि सो विवरण सम्बन्धित जिल्ला प्रशासन कार्यालयले काठमाडौं प्रशासनमा पठाउनु पर्नेछ। 

उक्त निवेदनमाथि काठमाडौं प्रशासनले संक्रमणको जोखिम विश्लेषण र यात्रा औचित्यलाई पुष्टि हुने कागजातको समेत विचार गरी सवारी पास जारी गर्न सहमति प्रदान गरेपछि मात्रै सम्बन्धित कार्यालयले पास उपलब्ध गराउने छ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले आज एक सूचना जारी गरी जेठ २८ को मन्त्रिपरिषद्को निर्णय तथा गृह मन्त्रालयको जेठ ३० को निर्देशनबमोजिम उक्त व्यवस्था गरिएको जनाएको छ। 

काठमाडौंबाट बाहिर जानका लागि व्यक्तिगत अत्यावश्यक कार्यका लागि भए प्रयोजन खुल्ने कागजातसहित जिल्ला प्रशासन कार्यालय काठमाडौंमा निवेदन दिनुपर्नेछ। सरकारी तथा संस्थागत कामका लागि भए सम्बन्धित कार्यालयको सिफारिस पत्रसहित निवेदन दिनुपर्ने सूचनामा जनाइएको छ। 

काठमाडौं जिल्लाभित्र जोर–बिजोर प्रणाली लागू भएकाले सवारी पास भने हाललाई बन्द गरिएको छ। 

प्रकाशित मिति: १८:३७ बजे, आइतबार, जेठ ३२, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्