Kathmandu Press

निजी मेडिकल कलेजहरुमा आइसोलेसन सेन्टर बनाइने 

काठमाडौं, जेठ ३२ : सरकारले निजी मेडिकल कलेजहरुमा आइसोलेसन सेन्टर बनाउने निर्णय गरेको छ। कोभिड–१९ संकट व्यवस्थापन समिति (सीसीएमसी)ले निजी मेडिकल ....

निजी मेडिकल कलेजहरुमा आइसोलेसन सेन्टर बनाइने 

काठमाडौं, जेठ ३२ : सरकारले निजी मेडिकल कलेजहरुमा आइसोलेसन सेन्टर बनाउने निर्णय गरेको छ। कोभिड–१९ संकट व्यवस्थापन समिति (सीसीएमसी)ले निजी मेडिकल कलेजहरुलाई आइसोलेसन सेन्टर बनाउने निर्णय गरेको हो।

विभिन्न प्रदेशहरुमा सञ्चालित निजी मेडिकल कलेज र सरकारी आवसीय भवनहरुमा कोरोना संक्रमितको व्यवस्थापन गर्ने गरी आइसोलेसन बनाउने निणर्य सिसीएमसी निर्देशक समितिले गरेको हो। ती आइसोलेसन सेन्टर स्वास्थ्य मन्त्रालयको व्यवस्थापनमा सञ्चालन हुनेछन्। तर, ती आइसोलेसन सेन्टरमा सेवा शुल्क तोकिने छ।

प्रकाशित मिति: १७:०८ बजे, आइतबार, जेठ ३२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्