Kathmandu Press

एमसीसीबारे निर्णय गर्न बोलाइएको सचिवालय बैठक स्थगित 

काठमाडौं, जेठ ३२ : अमेरिकी सहयोग परियोजना (एमसीसी) बारे निर्णय गर्न बोलाइएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय सचिवालय समितिको बैठक अकस्मात ....

एमसीसीबारे निर्णय गर्न बोलाइएको सचिवालय बैठक स्थगित 

काठमाडौं, जेठ ३२ : अमेरिकी सहयोग परियोजना (एमसीसी) बारे निर्णय गर्न बोलाइएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय सचिवालय समितिको बैठक अकस्मात स्थगित भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा अपरान्ह ४ बजेको लागि तय गरिएको बैठक एक घण्टा अघि स्थगित भएके हो।

नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड र महासचिव पौडेलबीचको परामर्शबाट आइतबारको बैठक स्थगित भएको छ।

आजको बैठकमा एमसीसी अध्ययन कार्यदलका सदस्य भीम रावल, प्रदीप ज्ञवाली र अर्थमन्त्री डा.युवराज खतिवडालाई पनि आमन्त्रण गरिएको थियो।

प्रकाशित मिति: १५:४७ बजे, आइतबार, जेठ ३२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्