Kathmandu Press

पत्रकार महासंघले भन्यो - समचारको विषयमा धम्की दिने व्यक्तिलाई कानूनी दायरमा ल्याऊ 

काठमाडौं, जेठ ३२ : नेपाल पत्रकार महासंघले सुमेग ट्राभल्स एजेन्सीका सञ्चालक मेघ केसीले काठमाडौंप्रेसका प्रबन्ध सम्पादक गोविन्द परियारलाई धम्की दिएको वि....

पत्रकार महासंघले भन्यो - समचारको विषयमा धम्की दिने व्यक्तिलाई कानूनी दायरमा ल्याऊ 

काठमाडौं, जेठ ३२ : नेपाल पत्रकार महासंघले सुमेग ट्राभल्स एजेन्सीका सञ्चालक मेघ केसीले काठमाडौंप्रेसका प्रबन्ध सम्पादक गोविन्द परियारलाई धम्की दिएको विषयमा ध्यानाकर्षण भएको जनाएको छ। महासंघका महासचिव रमेश विष्टले आइतबार विज्ञप्ती निकाल्दै परियारलाई धम्की दिएको घटना प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन्। 

उनले धम्की दिने व्यक्तिलाई कानूनी दायरामा ल्याउन माग समेत गरेका छन्। ‘समाचारको विषयमा चित्त नबुझे या गुनासो रहे त्यसउपर कानुनी उपचार खोज्ने वैधानिक विधि र स्थापित पद्धति छ। त्यसलाई बेवास्ता गर्दै पत्रकारलाई ठाडो चुनौती दिँदै अपशब्द प्रयोग गर्दे सिध्याइदिन्छु भनेर धम्की दिनु प्रेस स्वतन्त्रता विरोधी कार्य हो,’ विज्ञप्तीमा भनिएको छ, ‘महासंघ पत्रकार परियारलाई दिएको धम्की घटनाको कडा शब्दमा भर्त्सना गर्दै धम्की दिने व्यक्तिलाई तत्काल कानुनी दायरामा ल्याउन र पत्रकारलाई सुरक्षाको प्रत्याभूति दिलाउन सम्बन्धित निकायसँग माग गर्दछ।’

केसीले परियारलाई आइतबार बिहान ११ः५ बजे ९८५१०८२५१२ नम्बरको मोवाइलबाट फोन गरी ‘सिध्यादिन्छु’ भन्दै धम्की दिएका थिए।

प्रकाशित मिति: १५:३४ बजे, आइतबार, जेठ ३२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्