कर्णाली प्रदेशका थप ५२ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं, जेठ ३२ : कर्णाली प्रदेशमा आइतबार थप ५२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। संक्रमितहरु दैलेखका ३७ र सुर्खेतका १५ जना रहेको सामाजिक व....

काठमाडौं, जेठ ३२ : कर्णाली प्रदेशमा आइतबार थप ५२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। संक्रमितहरु दैलेखका ३७ र सुर्खेतका १५ जना रहेको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ।
सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपन्छी रोग अनवेषण केन्द्र र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको प्रयोगशालमा गरिएको परीक्षणमा ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
योसँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या ९६७ पुगेको छ।
प्रकाशित मिति: १४:५२ बजे, आइतबार, जेठ ३२, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











