Kathmandu Press

एशियाका कोरोना महामारी फैलिएका देशमा २५औं स्थानमा नेपाल

काठमाडौं, जेठ ३२ : एशियामा कोरोना भाइरसको महामारी तीव्र रुपमा फैलिइरहेको छ। नेपालमा पनि संक्रमण बढ्दै जाँदा एशियाका देशको सूचिमा २५औं नम्बरमा पुगेको छ....

एशियाका कोरोना महामारी फैलिएका देशमा २५औं स्थानमा नेपाल

काठमाडौं, जेठ ३२ : एशियामा कोरोना भाइरसको महामारी तीव्र रुपमा फैलिइरहेको छ। नेपालमा पनि संक्रमण बढ्दै जाँदा एशियाका देशको सूचिमा २५औं नम्बरमा पुगेको छ।

कोरोना संक्रमणका कारण गत चैत ११ गते लकडाउन लागू गर्दा नेपाल एशियाका देशको सूचिमा पुछारमा थियो। त्यतिवेला नेपालमा दुई जनामा मात्रै कोरोना देखिएको छ।

अहिले लकडाउनको ८३औं दिनमा एशियाका देशको सूचिमा नेपाल २५औं नम्बरमा पुगेको हो। अहिले नेपालमा संक्रमितको संख्या पाँच हजार तीन सय ३५ पुगेको छ। एशियाका ४९ देशमा कोरोना देखिएको छ।

एशियामा कोरोना संक्रमितको संख्या १५ लाख ८५ हजार ६ सय १६ पुगेको छ। जसमध्ये ३९ हजार पाँच सय ४९ जनाको मृत्यु भएको छ। त्यस्तै, नौ लाख ६८ हजार पाँच सय १५ जना निको भएका छन्।

एशियामा सबैभन्दा बढी संक्रमित भारतमा तीन लाख २१ हजार ६ सय २६ पुगेका छन्। जसमध्ये नौ हजार एक सय ९९ जनाको मृत्यु भएको छ भने अझै आठ हजार नौ सय ४४ जना गम्भीर रहेका छन्।

त्यस्तै, दोस्रो नम्बरमा इरानमा एक लाख ८४ हजार नौ सय ५५ जनामा कोरोना देखिएको छ। जहाँ आठ हजार सात सय ३० जनाको मृत्यु भएको छ भने दुई हजार सात सय ५५ जना गम्भीर रहेका छन्।

तेस्रो नम्बरमा रहेको टर्कीमा एक लाख ७६ हजार ६ सय ७७ जनामा संक्रमण देखिएको छ। जसमध्ये चार हजार सात सय ३२ जनाको मृत्यु भएको छ।

पाकिस्तान पनि चौथो नम्बरमा पुगेको छ। पाकिस्तानमा एक लाख २९ हजार तीन सय २० जना संक्रमितमध्ये दुई हजार ६ सय ३२ जनाको मृत्यु भएको छ।

पाँचौ नम्बरमा रहेको साउदी अरेबियामा पनि संक्रमितको संख्या एक लाख नाघेको छ। साउदी अरेबियामा एक लाख २३ हजार तीन सय आठ संक्रमितमध्ये नौ सय ३२ जनाको मृत्यु भएको छ।

कोरोना महामारी फैलिएका एशियाका देशहरुको सूचिको पुछारमा लावस रहेको छ। लावसमा १९ जनामा कोरोना संक्रमण देखिएको छ। अहिलेसम्म लावसमा कोरोना संक्रमणबाट कसैको ज्यान गएको छैन। सबै संक्रमित निको भइसकेका छन्।

प्रकाशित मिति: १४:१५ बजे, आइतबार, जेठ ३२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्