Kathmandu Press

सवारी दुर्घटनामा गाउँपालिका अध्यक्षको मृत्यु

नवलपरासी, जेठ ३२ : पश्चिम नवलपरासीमा सवारी दुर्घटना हुँदा प्रतापपुर गाउँपालिकाको अध्यक्ष राजकुमार शर्माको मृत्यु भएको छ। दुर्घटनामा सवारी चालक प्रतापप....

सवारी दुर्घटनामा गाउँपालिका अध्यक्षको मृत्यु

नवलपरासी, जेठ ३२ : पश्चिम नवलपरासीमा सवारी दुर्घटना हुँदा प्रतापपुर गाउँपालिकाको अध्यक्ष राजकुमार शर्माको मृत्यु भएको छ। दुर्घटनामा सवारी चालक प्रतापपुर गाउँपालिका ५ का हरिलाल राजभर घाइते भएका छन्।

दुर्घटनामा घाइते भएका शर्मालाई उपचारको लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो। गाउँपालिकाको लु १ झ ३७० नम्बरको सवारी अनियन्त्रित भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ। 

स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका शर्मा जिल्लास्थित विपद् व्यवस्थापन समितिको बैठकमा सहभागी हुन सदरमुकाम जाँदै थिए। 

प्रकाशित मिति: १३:२० बजे, आइतबार, जेठ ३२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्