Kathmandu Press

संसदमा चार्टर्ड उडानको नाममा चर्को शुल्क लिने ट्राभल्स एजेन्सीलाई कारबाही गर्न माग 

काठमाडौं, जेठ ३२ : चार्टर्ड फ्लाइटका नाममा ट्राभल्स एजेन्सीहरुले महँगो भाडा असुलेकाहरुलाई कारबाही गर्न संसदमा माग गरिएको छ। 

आईतबारको स....

संसदमा चार्टर्ड उडानको नाममा चर्को शुल्क लिने ट्राभल्स एजेन्सीलाई कारबाही गर्न माग 

काठमाडौं, जेठ ३२ : चार्टर्ड फ्लाइटका नाममा ट्राभल्स एजेन्सीहरुले महँगो भाडा असुलेकाहरुलाई कारबाही गर्न संसदमा माग गरिएको छ। 

आईतबारको संसद बैठकमा कांग्रेस सांसद राजन केसीले चार्टर्ड उडानमा भएको ब्रम्हलुट तत्काल रोक्न माग गरेका हुन् । सांसद केसीले नेपाल एयरलाइन्सको विमान चार्टर्डका नाममा यात्रुसँग पाँच गुण महँगो भाडा असुलेको भन्दै संसद मार्फत सरकारलाई जानकारी गराएका छन्। 

 ‘नेपाल एयरलाइन्सको चार्टडको नाममा यहाँका ट्राभल एजेन्सीहरुबाट पाँच गुणा भन्दा बढी रकम असुलेको छ,’ केसीले संसद बैठकमा भने, ‘सरकारले जनतालाई जे पनि गरे हुने, जनताले सहिराख्नुपर्ने। अब जनता सडकमा आइसके, सरकारको अझैं होस खुलेको छैन। कहाँ भ्रष्टाचार गर्न चाहिन्छ, काहँ पैसा लिन पाइन्छ भन्नेमा मात्रै ध्यान छ।’

कोरोना भाइरसका कारण अन्तर्राष्ट्रिय उडान बन्द रहेको मौका छोपेर सुमेग, हार्भेस्ट मुन, सिरिन लगायतका ट्राभल्सहरुले विभिन्न देशमा गरेका चार्टर्ड फ्लाइटमा यात्रुसँग तीन गुणा महँगो भाडा असुल्र्दै आएका छन्। 

सुमेगले जापानका लागि चार्टर्ड गरेको उडानमा यात्रुहरुसँग एकतर्फी भाडा १ लाख ३६ हजारदेखि १ लाख ६० हजारसम्म लिएको विषयमा यस अघि काठमाडौं प्रेसले लगातार समाचार लेख्दै आएको छ। 

याे पनि :

छानविनमा तानिएको ट्राभल्स एजेन्सीसँग मन्त्रीको दबाबमा फेरि चार्टर्ड उडानको सम्झौता

पर्यटनमन्त्रीकै संरक्षणमा चार्टर्ड फ्लाइटमा ब्रम्हलुट!

क्यानले रोक्न निर्देशन दिएपनि धमाधम चार्टर्ड उडान गर्दै ट्राभल एजेन्सी

प्रकाशित मिति: ११:५४ बजे, आइतबार, जेठ ३२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्