Kathmandu Press

अपडेट : पहिरोले पुरिएका थप २ जनाको शव फेला, मृतकको संख्या ५ पुग्यो 

काठमाडौं, जेठ ३२ : पर्वतको कुश्मा नगरपालिका–३ दुर्लुङमा पहिरोमा परी मृत्यु हुनेको संख्या पाँच पुगेको छ।

शनिबार साँझ करिब दुई घण्टासम्म....

अपडेट : पहिरोले पुरिएका थप २ जनाको शव फेला, मृतकको संख्या ५ पुग्यो 

काठमाडौं, जेठ ३२ : पर्वतको कुश्मा नगरपालिका–३ दुर्लुङमा पहिरोमा परी मृत्यु हुनेको संख्या पाँच पुगेको छ।

शनिबार साँझ करिब दुई घण्टासम्म परेको मुसलधारे वर्षापछि आएको पहिरोमा पुरिएका ५८ वर्षीय तुलबहादुर थापा, उहाँकी श्रीमती मीनकुमारी थापा र नातिनी विविशा थापाको शव फेला परेको हो ।

यस्तै आज बिहान थप दुई जना दीपा थापा र कमला विकको शव फेला परेको हो । थापाको घरमा रहेका अन्य दुई र कमला विकको घरमा रहेका दुई जना बेपत्ता भएका हुन् । बेपत्ता हुनेहरुमा सम्राट थापा, विवेक थापा, जेनिस विक र प्रमिसा विक छन् ।

उनीहरुको स्काभेटर प्रयोग गरी खोजीकार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । पहिरो गएलगत्तै नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयवासी उद्धारमा खटिएका थिए ।

राति १ बजेसम्म खोजी गरेपछि वर्षा नरोकिएकाले समस्या भएपछि सुरक्षाकर्मी फर्किएका थिए । अहिले बिहानबाट पुनः उद्धारकार्य शुरु भएको कुश्मा–३ का वडाध्यक्ष तेजप्रसाद पाध्याले जानकारी दिए । स्थानीयवासीका अनुसार झण्डै ३०० मिटरभन्दा माथिबाट पहिरो आएको छ । 

प्रकाशित मिति: ०८:४१ बजे, आइतबार, जेठ ३२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्