Kathmandu Press

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १९९ पुग्यो 

काठमाडौँ, जेठ ३२ : गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको संख्या १९९ पुगेको छ।

आइतबार बिहान पूवी नवलपरासी (सुस्ता पूर्व) देवचुली नगरपालिकाक....

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १९९ पुग्यो 

काठमाडौँ, जेठ ३२ : गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको संख्या १९९ पुगेको छ।

आइतबार बिहान पूवी नवलपरासी (सुस्ता पूर्व) देवचुली नगरपालिकाका २३ र ३२ वर्षका दुई पुरुषमा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १९९ पुगेको स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।

नयाँ संक्रमितहरु सोही पालिकाको क्वारिन्टनमा बस्दै आएका थिए। निर्देशनालयका अनुसार, अहिले संक्रमितलाई रजहर स्थित सामुदायिक प्राकृतिक चिकित्सालयको आइसोलेसनमा लैजाने तयारी भइरहेको छ ।

प्रकाशित मिति: ०६:५६ बजे, आइतबार, जेठ ३२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्