बाँकेमा मात्र तीन सय १५ जना कोरोना संक्रमित
बाँके, जेठ ३१ : बाँकेमा कोरोना संक्रमितको संख्या ३१५ पुगेको छ । भेरी अस्पताल नेपालगञ्जको प्रयोगशालामा भएको पीसीआर परीक्षणमा आज बाँकेका नयाँ १९ जन....

बाँके, जेठ ३१ : बाँकेमा कोरोना संक्रमितको संख्या ३१५ पुगेको छ । भेरी अस्पताल नेपालगञ्जको प्रयोगशालामा भएको पीसीआर परीक्षणमा आज बाँकेका नयाँ १९ जनामा कारोनाको संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालयका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिए।
राप्तीसोनारी गाउँपालिका ५ का तीन पुरुष, वडा नं ९ का एक पुरुष र एक महिला तथा वडा नं ८ का १० पुरुषमा कोरोना संक्रमण देखिएको हो । उनीहरु सबै २० देखि ६० वर्ष उमेर समूहका रहेका छन्। त्यसैगरी बाँकेकै खजुरा गाउँपालिका १ का २३ र ४० वर्षीय पुरुष तथा खजुरा– ६ का ३० वर्षीय पुरुषमा समेत कोरोना संक्रमण देखिएको उनले जानकारी दिए।
गत वैशाख १९ गते नेपालगञ्जदेखि शुरु भएको संक्रमण नरैनापुर, खजुरा, राप्तीसोनारी, डुडुवा, बैजनाथ, जानकी हुँदै कोहलपुर नगरपालिकासम्म पुगेको छ। बाँकेका सबै पालिकामा कोरोना फैलिसकेको छ।
नरैनापुर गाउँपालिकामा एक जनाको ज्यान जाने गरी सबैभन्दा धेरै ११८ जनामा कोरोना संक्रमण देखिएको छ। त्यसैगरी जानकी गाउँपालिकामा ४१, नेपालगञ्ज उपमहानगरपालिकामा ३९, राप्तीसोनारी गाउँपालिकामा ४७, डुडुवा गाउँपालिकामा २५, वैजनाथ गाउँपालिकामा १४, खजुरा गाउँपालिकामा २७ र कोहलपुर नगरपालिकामा चार जना कोरोना संक्रमित भेटिएका छन्। संक्रमितमध्ये १७० जनाले कोरोना पराजित गरी घर फर्किसकेका छन्।











