क्वारेन्टाइनमै युवकको मृत्यु, १० दिनसम्म आएन स्वाब परीक्षणको रिपोर्ट
काठमाडौं, जेठ ३१ : दाङको क्वारेन्टाइनमा बसेका प्युठानको एक युवकको मृत्यु भएको छ। प्युठानको माण्डवी गाउँपालिका ४ का १८ वर्षीय युवकको मृत्यु भएको ....

काठमाडौं, जेठ ३१ : दाङको क्वारेन्टाइनमा बसेका प्युठानको एक युवकको मृत्यु भएको छ। प्युठानको माण्डवी गाउँपालिका ४ का १८ वर्षीय युवकको मृत्यु भएको हो।
बंगलाचुली गाउँपालिकाको भुटनेटा क्वारेन्टाइनमा बसेका युवालाई बान्ता हुनुका साथै स्वासप्रस्वासमा समस्या देखिएपछि शनिबार बिहान उपचारका लागि बुटवल लगिएको थियो।
क्वारेन्टाइनमै रहेको समयमा उनको स्वाब संकलन गरेपनि आजसम्म रिपोर्ट आएको छैन। उनको स्वाबको नमुना जेठ २१ गते परीक्षणको लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, दाङमा पठाइएको थियो।
प्रकाशित मिति: १६:४१ बजे, शनिबार, जेठ ३१, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











