प्रदेश २ मा थप १०७ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं, जेठ ३१ : प्रदेश २ मा पछिल्लो २४ घण्टामा १०७ जनामा कोरानाको संक्रमण पुष्टि भएको छ।
शनिबार जनकपुरस्थित प्रादेशिक अस्पतालको प्र....

काठमाडौं, जेठ ३१ : प्रदेश २ मा पछिल्लो २४ घण्टामा १०७ जनामा कोरानाको संक्रमण पुष्टि भएको छ।
शनिबार जनकपुरस्थित प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा १०१ पुरुष र ६ महिलामा संक्रमण पुष्टि भएको हो।
जसमध्ये, महोत्तरीका १ सर्लाही ११, रौतहट ९० र पर्सा ५ जना रहेका छन्।
योसँगै प्रदेश २ मा कोरोना संक्रमितको संख्या १९३२ पुगेको छ।
प्रकाशित मिति: १६:०८ बजे, शनिबार, जेठ ३१, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











