कर्णाली प्रदेशमा थप ७० जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं, जेठ ३१ : कर्णाली प्रदेशमा थप ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। प्रदेश अस्पताल र पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्....

काठमाडौं, जेठ ३१ : कर्णाली प्रदेशमा थप ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। प्रदेश अस्पताल र पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा थप ७० जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
संक्रमितहरु सुर्खेतका ४० जना र दैलेखका ३० जना रहेको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयले जनाएको छ।
योसँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या ९१६ पुगेको छ।
जसमध्ये, दैलेखका ५०९, सुर्खेतका १९७, सल्यानका १३७, जुम्लाका २४ कालिकोटका २८, मुगुका २, डोल्पा १, हुम्लामा १ र जाजरकोटमा ८ जना रहेका छन्।
त्यस्तै, कोरोनाको कारण कर्णालीमा तीन जना मृत्यु भएको छ।
प्रकाशित मिति: १५:२५ बजे, शनिबार, जेठ ३१, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











