सुगौली सन्धी नेपालकाे लागि अत्यान्तै अपमानजनक : यादव
काठमाडौं, जेठ ३१ : जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवले सुगौली सन्धी अपमानजनक भएको बताएका छन्। लिपुलेक, लिम्पियाधुरा, कालापानी समावेश रहेको नय....

काठमाडौं, जेठ ३१ : जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवले सुगौली सन्धी अपमानजनक भएको बताएका छन्। लिपुलेक, लिम्पियाधुरा, कालापानी समावेश रहेको नयाँ नक्सा संविधानको अनुसूचीमा राख्न पेश गरिएको संविधान संशोधन प्रस्ताव माथिको दफावार छलफलमा बोल्दै यादवले सुगौली सन्धी नेपालका लागि अपमानजनक भएको बताएका हुन्।
उनले सन्धिले काली नदी पश्चिमको भाग नेपालले छोड्ने स्पष्ट किटान गरेको बताए। ‘नेपालको नक्सा चुच्चे विगतमा थियो। तर किन गायब भयो?’, उनले भने, ‘किन चुच्चे नक्सा हट्यो, सदनलाई जानकारी हुनुपर्छ कि पर्दैन?’
यादवले द्विपक्षीय सम्बन्धलाई असर नपर्ने गरी कुशल वार्ता गरी सीमा समस्या हल गर्न गर्नुपर्ने बताए।
प्रकाशित मिति: १५:१४ बजे, शनिबार, जेठ ३१, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











