Kathmandu Press

राजतन्त्रले गुमाएको भूमि, गणतन्त्रले फिर्ता ल्याउँदैछ : प्रचण्ड

काठमाडौं, जेठ ३१ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजतन्त्रले गुमाएको भूमि गणतन्त्रले फिर्ता ल्याउन लागेको बताए....

राजतन्त्रले गुमाएको भूमि, गणतन्त्रले फिर्ता ल्याउँदैछ : प्रचण्ड

काठमाडौं, जेठ ३१ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजतन्त्रले गुमाएको भूमि गणतन्त्रले फिर्ता ल्याउन लागेको बताएका छन्।

शनिबार नेपालको संविधानको दोस्रो संशोधन विधेयक माथिको दफावार छलफलमा बोल्दै उनले राष्ट्रिय सहमती कायम राखेर राजतन्त्रमा गुमेको भूमि गणतन्त्रमा फिर्ता ल्याउन लागेको बताएका हुन्। 

उनले संविधान संशोधनमार्फत संविधानको अनुसूचीमा कालापानी लिम्पियधुरा, लिपुलेक समावेश भएको नयाँ नक्सा राख्न लागिएको भारतसँग दुरी बढाउनलाई नभएको बताएका छन्। 

उनले भारतसँग सिमा विवाद वार्ता र संवादबाटै समाधान गरिने बताए। ‘राष्ट्रिय सहमतीमा संविधान संशोधनमार्फत संविधानमा नयाँ नक्सा अंकित गरेर भारतसँग कुनै प्रकारको दुश्मनी बढाउन खोजिएको होइन। हामी वार्ता र संवादकै पक्षमा छौं।’ उनले भने।

उनले भारतले विवादित भुमिका रुपमा रहेको लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई आफ्नो नक्सामा समावेश गरी जारी गर्दा त्यसले नेपाललाई झस्काएको बताएका छन्। 

भारतले नयाँ नक्सा जारी गरेर विवादास्पद भुमि समेटेपछि नेपालको पनि नयाँ नक्सा जारी गर्ने जिम्मेवारी र दायित्व सृजना भएको उनको भनाई छ। 

प्रकाशित मिति: १४:१७ बजे, शनिबार, जेठ ३१, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्