संविधान संशोधन विधेयकको पक्षमा मतदान गर्न कांग्रेसद्वारा ह्वीप जारी
काठमाडौं, जेठ ३१ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकाे संसदीय दलले संविधान संशोधन विधेयकको पक्षमा मतदान गर्न सांसदहरुलाई ह्वीप जारी गरेको छ। शनिबा....

काठमाडौं, जेठ ३१ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकाे संसदीय दलले संविधान संशोधन विधेयकको पक्षमा मतदान गर्न सांसदहरुलाई ह्वीप जारी गरेको छ। शनिबार कांग्रेसले नयाँ नक्साअनुसार निशान छाप परिर्वतन गर्न ल्याइएको संविधान संशोधनको पक्षमा मतदान गर्न ह्वीप जारी गरेको हो।
कांग्रेस संसदीय दलको शनिबार बसेको बैठकले शनिबार संसदमा अनिवार्य उपस्थित हुन सांसदहरुलाई निर्देशन दिएको छ। साथै, संविधान संशोधन विधेयकको पक्षमा अनिर्वाय मतदानसमेत निर्देशन दिएको छ।
प्रकाशित मिति: १४:०२ बजे, शनिबार, जेठ ३१, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











