Kathmandu Press

संविधान संशोधनको पक्षमा मतदान गर्न समाजवादी पार्टीका सांसदलाई ह्वीप जारी 

काठमाडौं, जेठ ३१ : संविधान संशोधनको पक्षमा मतदान गर्न समाजवादी पार्टीले सांसदहरुलाई ह्विप जारी गरेको छ। बाबुराम भट्टराई र उपेन्द्र यादव नेतृत्वमा....

संविधान संशोधनको पक्षमा मतदान गर्न समाजवादी पार्टीका सांसदलाई ह्वीप जारी 

काठमाडौं, जेठ ३१ : संविधान संशोधनको पक्षमा मतदान गर्न समाजवादी पार्टीले सांसदहरुलाई ह्विप जारी गरेको छ। बाबुराम भट्टराई र उपेन्द्र यादव नेतृत्वमा पार्टीले नयाँ नक्सालाई नेपालको निशान छापमा समेट्ने संविधान संशोधनको पक्षमा मत दिन ह्विप जारी गरेको हो।

सरकारले केही दिन अघि कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समेटेर जारी गरेको नयाँ नक्सा निशान छापमा राख्न संविधान संशोधन प्रक्रिया अगाडि बढाएको हो।

ह्विप जारी भएसँगै दलीय निर्णयको विपक्षमा जाने सांसदलाई राजनीतिक दलसम्बन्धी कानुनमा रहेर कारवाही हुन सक्छ। यस्तो कारवाहीमा सांसदलाई पदबाट हटाउनेसम्म निर्णय गर्न सकिन्छ। 

समाजवादी पार्टीकै सांसद सरिता गिरीले नयाँ नक्सालाई लिएर सरकारले गरेको संविधान संशोधनको विपक्षमा संशोधन दर्ता गराएकी थिइन्।

प्रकाशित मिति: १३:३० बजे, शनिबार, जेठ ३१, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्